दाङ। दाङको तुलसीपुर कारागारबाट आज बिहान फेरि कैदीबन्दी भागेका छन् । कारागार प्रशासन प्रमुख गिरबहादुर सेजुवालका अनुसार तुलसीपुर कारागारबाट मंगलबारमात्रै १२४ जना कैदीबन्दी भागेका थिए । बाँकी रहेका कैदीबन्दी पनि आज भागेका छन् ।
कैदीबन्दी भाग्न थालेपछि नेपाली सेना परिचालन गरिएको छ । तर के कति कैदीबन्दी भागे भन्ने कारागार प्रशासनले बताएको छैन् । कारागार प्रशासन प्रमुख सेजुवालले अहिले केहि भन्न नसकिने बताउनुभयो ।
तुलसीपुर कारागारमा १२४ जना कैदी भागेपछि अहिले ३४५ जना बाँकी थिए । तर आज के कति भागे भन्ने कारागार प्रशासनले बताएको छैन । कारागारबाट कैदीबन्दी भागेसंगै सुरक्षा जोखिम बढेको छ ।















