२०८२ माघ २५ गते आइतवार

मालपोत कार्यालय तुलसीपुरको सेवा अवरुद्ध


तुलसीपुर । दाङको तुलसीपुर मालपोत कार्यालयको सेवा अवरुद्ध भएको छ । यही भदौ २४ जेनजीको आन्दोलनले भौतिक तथा प्रशासनिक कागजात जलेर नष्ट भएपछि कार्यालयले हस्तलिखित सूचना जारी गरी सेवा अवरुद्ध भएको जनाएको हो ।

भदौ २४ गते जेनजी प्रर्दशनकारीले कार्यालयमा गरेको आगजनिका कारण कार्यालयमा भएको मोठ श्रेष्ता, पुर्जा, तामेली मिसिल, लिखत मुद्दा एवम् प्रशासनिक कागजात, लेखा तथा रजिष्ट्रेशन एवं भौतिक संरचना, सर्भर जलेर पुर्ण रुपमा नष्ट भएको हुँदा सेवा प्रभावित भएको सूचनामा भनिएको छ ।

कार्यालयले आज बिहिबार हस्तलिखित सूचना जारी गर्दै कार्यालयबाट प्रदान गरिने सेवा अर्को सूचना जारी नभएसम्मका लागि रोकिएको जानकारी दिएको छ । कार्यालयले सेजाग्राहीमा पर्न गएकोे असुविधाप्रति दुःख व्यक्त गदै क्षमायाचना गरेको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस