२०८२ मङ्सिर २२ गते सोमवार

दाङमा निषेधाज्ञाको समय थप


दाङ । दाङमा निषेधाज्ञाको समय थप भएको छ । जिल्ला प्रशासन कार्यालय दाङले निषेधाज्ञाको समय थप भएको जनाएको छ ।

प्रशासनले एक सूचना जारी गदै आज बेलुकी ५ बजेसम्मलाई निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञाको समयमा कुनै पनि प्रकारको भेला, बैठक, सभा लगायतका गर्न नपाउने उल्लेख गरिएको छ ।

सुरक्षा संवेदनशिलतालाई मध्यनजर गरी दाङमा जारी गरिएको कर्फ्यु भने आज बिहान ५ बजेबाट हटेको हो । यो भन्दा अगाडी जिल्ला प्रशासन कार्यालय दाङले दिउँसो १ बजेसम्मलाई निषेधाज्ञा जारी गरेको थियो ।

जेनजीको आन्दोलनका कारण असामान्य बनेको जनजीवन सामान्य बन्दै गएको छ ।
प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले दाङमा बेलुकी ५ बजेसम्म निषेधाज्ञा जारी गरिएका बताउनुभयो ।

उहाँका अनुसार निषेधाज्ञाको समयमा ५ जना भन्दा बढी भेला हुन नपाउने, सभा, जुलुस, प्रदर्शन, धर्ना, आमसभा, नाराबाजी, जिरोध जुलुस तथा भीडभाड गर्ने गनिविधि पूर्ण रुपमा निषेध गरिएको छ

स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को ३ (क) को अधिकार प्रयोग गरी निषेधाज्ञा लाई निरन्तरता दिएको सूचनामा भनिएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस