२०८२ माघ ७ गते बुधवार

भोलीदेखि सार्वजनिक सवारी साधन चल्ने


दाङ । दाङमा जिल्ला प्रशासन कार्यालयले कर्फ्यु हटाएसँगै सडकमा निजी सवारीसाधन र सर्वसाधरणको चहलपहल बढ्न थालेको छ । बन्द रहेका सार्वजनिक सवारीसाधन पनि आइतबारदेखि पूर्ण रूपमा सञ्चालनमा आउने भएका छन् ।

आज शनिबार कर्फ्यु हटेपछि सर्वसाधरणको चहलपल बढ्न थालेको छ । दाङमा आज साँझ ६ बजेसम्म निषेधाज्ञा भने कायमै रहेको छ ।

सार्वजनिक सवारीसाधन नचल्दासर्वसाधरणलाई यात्रामा अहसहज भएको छ । भोली आइतबारदेखि सार्वजनिक सवारीसाधन सञ्चालनमा आउने भएकाले यात्रुलाई सहज हुने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय स्वारले बताउनु भएको छ ।

उहाँका अनुसार भोली आइतबार नै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माको उपस्थितिमा सरोकारवाला निकायबीच छलफल गरी दसैंका लागि गाडीको अग्रिम टिकट बुकिङ खोल्नेबारे निर्णय गरिने छ ।

उहाँका अनुसार अग्रिम बुकिङसँगै टिकट काउन्टरअगाडि अनिवार्य रूपमा कुन जिल्लाको कति भाडा ? भनेर भाडादरको लिस्ट राखिने छ । त्यस्तै यात्रु सहायता कक्ष खोलेर कसैले टिकटमा कालोबजारी गरे वा यात्रुलाई ठग्ने काम गरे तुरुन्त त्यहाँ गएर प्रहरी, यातायात व्यवस्था विभागका कर्मचारीलाई यात्रले जानकारी गराउने व्यवस्था मिलाइने उहाँको भनाइ छ । अघिपछि घटस्थापनाको १५ दिनअघि दसैंका लागि गाडीको अग्रिम टिकट बुकिङ खोल्ने निर्णय गरिन्थ्यो ।

यो पटक देशको असहज परिस्थितिका कारण यसबारे छलफल गर्न नसक्दा निर्णय गर्न केही ढिलाइ भएको यातायात व्यवसायीहरूको भनाइ छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस