दाङ । आन्तरिक राजस्व कार्यालय तुलसीपुरले असोज ५ गते आइतबारदेखि सेवा दिने भएको छ । कार्यालयले तुलसीपुर उद्योग वाणिज्य संघको भवनबाट सेवा प्रदान गर्ने भएको हो ।
कार्यालयले आज एक सूचना जारी गदै उद्योग वाणिज्य संघको भवनबाट सेवा दिने जनाएको छ । गत भदौ २४ जेनजी प्रदर्शनका क्रममा कार्यालयमा भएको तोडफोड तथा आगजनीका कारण कार्यालयका सम्पूर्ण भौतिक सेवाहरु अवरुद्ध भएका थिए ।
अब असोज ५ गते देखि उद्योग वाणिज्य संघको भवनबाट सेवा सुरु गरिने कार्यालय प्रमुख श्रीधर टण्डनले जानकारी दिनुभयो ।
कार्यालयले करदाता तथा सरोकारवालाहरुलाई कुनै पनि सेवाका लागि उद्योग वाणिज्य संघको भवनमा सम्पर्क गर्न आग्रह गरेको छ ।












