२०८२ मङ्सिर २२ गते सोमवार

दशैँ अवधिभर मनसुनको गतिविधि कायम रहने


दाङ । दशैँको मुख्य दिनसम्म नै मनसुन कायम रहने भएको छ । दशैँ अवधिभर मनसुनको गतिविधि रहने र असोज २१ गतेपछि विस्तारै नेपालको पश्चिमबाट मनसुन सकिने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद् प्रतिभा मानन्धरले दशैँको मुख्य दिनमा ठूलो पानी पर्ने सम्भावना नहरेपनि हल्का र मध्यम खालको पानी पर्ने सम्भावना रहेको जानकारी सदनुभयो । वर्षासँगै केही समय घाम लाग्ने, केही समय बादल लाग्ने सम्भावना पनि छ ।

दशैँको अवधिभर मनसुन कायमै रहने भएकाले यात्रा गर्दा मौसम सम्बन्धि अद्यावधिक जानकारी लिएर आवातजावत गर्न महाशाखाले अनुरोध गरेको छ । पानी परेका कारण ठाउँ–ठाउँमा बाढीपहिरो जान सक्ने र सडक अवरूद्ध हुन सक्ने भएकाले सतर्क भएर सम्भावित जोखिमबाट बच्न महाशाखाले आग्रह गरेको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस