२०८२ फाल्गुन २९ गते शुक्रवार

सुनको भाउ दुई लाख २१ हजार नाघ्यो


दाङ । सुनको भाउमा कीर्तिमान कायम भएको छ ।

सुनको भाउ आज तीन हजार नौ सय रुपैयाँले बढेर तोलाको दुई लाख २१ हजार सात सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यो भाउ अहिलेसम्मकै उच्च हो । हिजो सुनको भाउ तोलाको दुई लाख १७ हजार आठ सय रुपैयाँ रहेको थियो ।

आज चाँदीको भाउमा पनि कीर्तिमान कायम भएको छ । चाँदीको भाउ आज ३० रुपैयाँले बढेर तोलाको दुई हजार छ सय ८० रुपैयाँ पुगेको छ ।

हिजो चाँदीको भाउ तोलाको दुई हजार छ सय ५० रुपैयाँ थियो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस