तुलसीपुर । यातायात व्यवस्था कार्यालय तुलसीपुरले भोलीदेखि सेवा सुचारु गर्ने भएको छ । आज मंगलबार एक सूचना जारी गदै भोली बुधबारदेखि सेवा सुचारु गर्ने कार्यालयले जनाएको छ ।
भोलीदेखि सवारी दर्ता प्रमाणपत्र (ब्लुबुक) नवीकरण, सवारी जाँचपास नवीकरण, बाटो इजाजत नवीकरण, पटके सेवा सुचारु हुने कार्यालयका प्रमुख टोपेन्द्र बहादुर केसीले जानकारी दिनुभयो ।
गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा कार्यालयमा आगजनी, भवन तोडफोड, लुटपाट तथा सामाग्री चोरी भएका कारण सेवा ठप्प रहेको थियो ।
आन्दोलनका कारण कार्यालयमा भएको महत्पूर्ण कागपत्र लजेर नष्ट भएपछि भदौ २४ गतेदेखि सम्पूर्ण सेवा अवरुद्ध भएको थियो ।












