२०८२ फाल्गुन २ गते शनिवार

तुलसीपुरमा संचालनमा आयो करोड बढी लगानीमा रितेश फेसन हाउस

दाङ । तुलसीपुरमा संचालनमा एक करोड बढी लगानीमा रितेश फेसन हाउस संचालनमा आएको छ । युवा व्यवसायी लक्ष्मण थापाले एक करोड २५ लाखमा फेन्सी व्यवसाय संचालनमा ल्याउनुभएको हो ।

फेसन हावसको शुक्रबार तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष बिनिल केसीले उद्घाटन गर्नुभएको हो । उहाँले पछिल्लो समय व्यवसायीमाथि चुनौति बढ्दै गएको अवस्थामा पनि लगानी थपिनु निकै सकारात्मक पक्ष भएको बताउनुभयो ।

थापा तुलसीपुरमा स्थापित व्यवसायी हुनुहुन्छ । पछिल्लो पटक नयाँ व्यवस्थापनका साथ रितेश फेशन हाउस संचालनमा ल्याउनुभएको हो । कुनै समय अरुको पसलमा लामो समय काम गरेका थापाले पछिल्लो समय आफ्नै व्यवसायबाट स्थापित हुनुभएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस