२०८२ असोज २४ गते शुक्रवार

दाङमा दुई मोटरसाइकल ठोक्किँदा दुई जना घाइते


दाङ । दाङमा दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किँदा दुई जना घाइते भएका छन् ।

घाइते हुनेमा बबई गाउँपालिका–७ ओदालेका २४ वर्षीय विनोद खत्री र बबई गाउँपालिका–५ काशिपुरका ४७ वर्षीय राजेन्द्र प्रसाद डाँगी रहेका छन् ।

ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता सूर्य रानाका अनुसार खत्रीको दायाँ खुट्टाको बुढिऔंला भाचिएको छ । घाइते खत्रीको सिटी अस्पताल तुलसीपुरमा र डाँगीको पुष्पा हेल्थ केयर तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार आज शुक्रबार दिउँसो करिब १ बजेतिर बागरबाट काशिपुरतर्फ जाँदै गरेको रा २ प ८१७२ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको रा ३ प १७४४ नम्बरको मोटरसाइकल दंगीशरण गाउँपालिका–७ बाँकामा एक आपसमा ठोक्किएका हुन् ।

धन बहादुर जिसीको कमाण्डमा गएको प्रहरी टोलीले दुवै मोटरसाइकल नियन्त्रणमा लिएको र अन्य विवरण आउन बाँकी रहेको जनाएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस