२०८२ फाल्गुन ३० गते शनिवार

सल्यानमा भीरबाट लडेर एक जनाको मृत्यु


सल्यान । सल्यानमा भिरबाट लडेर एक जनाकोे मृत्यु भएको छ । बाख्रा चराउन घर नजिकैको बुँरासे जंगल गएको बेला भिरबाट लडेर छत्रेस्वरी गाउँपालिका २ बुँरासेका ४५ वर्ष का मिनबहादुर कँवरको मृत्यु भएको प्रहरीले जनाएको हो ।

भिरबाट लड्दा गम्भिर घाइते भएका कुँवरको घरमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक रेशम खत्रीले जानकारी दिनुभयो ।

स्थानीय मेडिकलमा उपचार सम्भव नभएपछि आफन्तले घर फर्काएका थिए । उहाँको घरमै मृत्यु भएको प्रहरी निरिक्षक खत्रीले बताउनुभयो ।

बाख्रा चराउन जंगल गएका कँवर हिजो आइतबार बेलुकी भिरबाट लडेर करिब २० मिटर तल खस्नु भएको थियो । मृतक कँवरमा छारे रोग रहेको भन्ने बुझिएको र प्रहरीले घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको प्रहरी निरिक्षक खत्रीले बताउनुभयो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस