२०८२ कार्तिक ३० गते आइतवार

उष्मा र युसाले दशैमा संकलन भएको दक्षिणा आगलागी पिडितलाई गरे सहयोग

दाङ, २० असोज । ग्याँस लिक भएर आगलागी भएपछि पिडित बनेको परिवारलाई दुई बालिकाले आर्थिक सहयोग गरेका छन् ।

आगलागी पिडित तुलसीपुर–७ ग्वारखोला निवासी शमसेर बिकको परिवारलाई तुलसीपुर–७ जितपुर निवासी उपेन्द्र पौडेलका दुई छोरी ३ वर्षिय उष्मा र ११ वर्षिय युसाले दशैँमा टिका लगाउँदा संकलन भएको दक्षिणा सहयोग गरेका हुन् ।

खाना पकाउने क्रममा सोमबार ग्याँस लिक हुँदा खाना पकाउने भाँडासहित लत्ता कपडा जलेर नष्ट भएको थियो ।

पिडित परिवारलाई घरमै पुगेर दुई बालिकाले नगद रकम सहयोग गरेका हुन् ।

बालबालिकाले दशैँमा संकलन भएको रकम फजुल खर्चमा प्रयोग गरिरहेको अवस्थामा युसा र उष्माले भने दुखमा परेका व्यक्तिलाई सहयोग गरेपछि उदाहरणिय बनेका छन् । उनीहरुमा सानै उमेरमा अरुलाई सहयोग गर्ने चेतनाको विकास भएको बुवा उपेन्द्र पौडेलले बताउनुभयो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस