दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–४ रक्षाचौरमा मोटरसाइकलको ठक्करबाट एक बालिका घाइते भएकी छन् ।
प्रहरीका अनुसार मोटरसाइकलको ठक्करबाट तुलसीपुर उपमहानगरपालिका–४ बस्ने करुणा गन्धर्वको छोरी ४ वर्षका शिक्षा गन्धर्व घाइत हुनुभएको छ । उहाँको टाउकोमा चोट लागेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक सुर्य रानाले जानकारी दिनुभयो । घाइते बालिकाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही रिफर गरिएको छ ।
आज दिउँसो साँझ ५ बजेरतर रक्षाचौरबाट गणेशपुरतर्फ जाँदै गरेको नम्बर नखुलेको मोटरसाइकलले गन्धर्वलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक घटनास्थलबाट फरार रहेको र खोजतलास जारी रहेको प्रहरी निरिक्षक रानाले जानकारी दिनुभयो ।














