दाङ । नेपाल विद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्रले पाँच दिनभित्र पोलमा रहेका इन्टरनेटका केवल तारहरू सार्न सम्बन्धित इन्टरनेट सेवा प्रदायक कम्पनीहरूलाई आग्रह गरेको छ ।
प्राधिकरणले आज शुक्रबार एक सूचना जारी गदै तुलसीपुर उपमहानगरपालिका–७ चौतारी टोल, तुलसीपुर–६ गोठलीगाउँ, गाइडहरमा रहेको पशुपति टोल, अरणीकोे टोल रसागरनाथ टोलहरुमा पोल स्थानान्तरणको काम हुने सूचनामा भनिएको छ ।
त्यसैगरी, गोलौरा क्षेत्रमा समेत सडकबीचमा परेका पोलहरू स्थानान्तरण कार्य भइरहेको हुँदा पुराना पोलमा रहेका केवल तारहरू पनि सूचना प्रकाशित भएको मितिदेखि पाँच दिनभित्र नयाँ पोलमा सार्न आग्रह गरिएको कार्यालय प्रमुख सुरेश कुमार महतोले जानकारी दिनुभयो ।
प्राधिकरणले तोकिएको समयभित्र केवल सार्ने कार्य नगरेमा हुने क्षतिको जिम्मेवारी नेपाल विद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्रले नलिने चेतावनीसमेत दिएको छ ।










