२०८२ कार्तिक ३० गते आइतवार

हाम्रो पहुँचको छैठौँ दिन आज मावि कालाखोलामा

दाङ । दाङको तुलसीपुरमा रहेको हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १९ औं वार्षिक साधारणसभा आज तुलसीपुर–७ स्थिति मावि कालाखोलामा हुने भएको छ । निर्धारित कार्यतालिका अनुसार आज छैठौँ दिन मावि कालाखोलामा साधारण सभा हुन लागेको संस्थाका अध्यक्ष शुक्रराज भण्डारीले जानकारी दिनुभयो ।

संस्थाले आज तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ र ७ का खाद्रे, सुकिदह, लामिदमार, घोरानेटी, गहतेरा, बनहरी, घुसेरी, बम्नै, पर्सेनी, बुढागाउँ, हलवार, बतासे, बायखोला, नवलपुर र कालाखोला, तुलसीपुर–१७, १८ र १९ को चौवाखोलाको पश्चिमतर्फका सबै शेयर सदस्यका लागि मावि कालाखोलामा साधारणसभा गर्न लागेको हो ।

सोमबारदेखि शुरु भएको १९ औँ वार्षिक साधारणसभा २६ गतेसम्म संचालन हुने छ । संस्थामा करिब ५ हजार शेयर सदस्य भएको हुँदा वार्षिक साधारण सभा विभिन्न मितिमा विभिन्न स्थानमा भइरहेको छ ।

साधारणसभामा आज पनि नीति–कार्यक्रम, बजेट र लेखा प्रतिवेदनसहित १४ बुँदे प्रस्तावमा छलफल हुने संस्थाका अध्यक्ष शुक्रराज भण्डारीले बताउनुभयो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस