दाङ, २७ असोज । हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्थाको नयाँ नेतृत्व निर्विरोध हुने निश्चित भएको छ । १३ सदस्यीय संचालक समितिका लागि हुन लागेको निर्वाचनमा १३ जनाको मात्रै उमेदवारी परेको हो । यस्तै लेखा सुपरिवेक्षण समितिमा पनि तीन जनाको मात्रै उमेदवारी परेको हो ।
उमेदवारी मनोनयन दर्ता :
अध्यक्ष
१.शुक्रराज भण्डारी
खुला उपाध्यक्ष
१. कृष्णप्रसाद पोखरेल
महिला उपाध्यक्ष
१. ममता बस्नेत
सचिव
१. जीवराज अधिकारी
कोषाध्यक्ष
१.दुर्गाप्रसाद भण्डारी
सहसचिव
१.चिरञ्जीवी पौडेल
खुला सदस्य
१.गोविन्दराज भण्डारी
२.खेतुप्रसाद भण्डारी
३. खेन्टु गीरी
महिला सदस्य
१.गंगा घिमिरे बोहरा
२.बिमला खड्का
३. शान्ता खनाल
४.शारदा सुनार
लेखा सुपरिवेक्षण समिति
संयोजक
१. शरद शर्मा
सदस्य
१. बोधप्रसाद खनाल
२. केशव बहादुर बस्नेत
निर्वाचन समितिका संयोजक शान्तराज गौतमले पर्सि असोज २९ गतेसम्म उमेदवारको नाम फिर्ता लिन सक्ने निर्वाचन कार्यतालिका रहेकोमा उक्त कार्यतालिकालाई संशोधन गरी भोलि दिउँसो २ बजेदेखि ४ बजेसम्म उमेदवारको नाम फिर्ता लिने कार्यक्रम कायम गरिएको बताउनुभयो । सहकारीको चार वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन हुन लागेको हो ।














