२०८२ माघ ७ गते बुधवार

कालाकाटे चोक नजिकै ४८ हजार बराबरको कुर्तासुरुवाल फेला

दाङ । दाङमा ४८ हजार बराबरको कुर्तासुरुवाल फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार शनिबार राती गढवा गाउँपालिका वडा नम्बर १ कालाकाटे चोक नजिकै ४८ हजार बराबरको कुर्तासुरुवाल अर्थात लेडिज सुट फेला परेको हो ।

बिल बिनाको र हक दावि गर्ने मानिस नआएकाले आवश्यक कार्बाहीका लागि भन्सार कार्यालय कोइलाबासमा पठाएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस