२०८३ बैशाख ६ गते आइतवार

दाङमा लागुऔषधसहित एक युवक पक्राउ

दाङ । दाङमा लागुऔषधसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

सल्यान शारदा नगरपालिका–६ हलचौर घर भई हाल घोराही उपमहानगरपालिका–१५ तुलसीपुर चोक नजिक डेरा गरी बस्ने २२ वर्षीय दिपक रेउललाई प्रहरीले पक्राउ गरेको हो ।

लागुऔषधको कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरी टोली खटिएको थियो ।

सो क्रममा घोराही–१६ सर्रामा पैदल हिँडिरहेका रेउलेलाई पक्राउ गरी खानतलासी गर्दा उनको साथबाट करिब १ ग्राम ५० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी चक्रबहादुर शाहले जानकारी दिनुभयो ।

पक्राउ परेका रेउलेमाथी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस