२०८३ असोज १ गते बिहिवार

ज्यान मार्ने उद्योग गरेको आरोपमा तीन जना पक्राउ


दाङ । दाङमा ज्यान मार्ने उद्योग गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार भदौ २९ गते राति करिब ११ बजे बबई गाउँपालिका–५ ट्वाङखोला झोलुङ्गे पुलस्थित हापुरे बस्ने २१ वर्षीय युवकको केही व्यक्तिले बाँया हातको बुढीऔँला बाहेक सबै औँला काटेर फरार भएका थिए ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तुलसीपुर उपमहानगरपालिका–५ प्रगतिटोलका २१ वर्षीय दीपक डाँगी, शान्तिनगर गाउँपालिका–३ भलानेटीका २४ वर्षीय दिप भन्ने सुदिप केसी र तुलसीपुर–७ पर्सेनीका २५ वर्षीय सागर सुवेदीलाई पक्राउ गरेको हो ।

पक्राउ परेका तीनै जनामाथि ज्यान मार्ने उद्योग मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस