दाङ । दाङमा बिलबिजक नभएको मोबाइलका सामान बरामद गरिएको छ । गढवा गाउँपालिका–१ कालाकाटेमा प्रहरीले मोबाइलका डिस्प्ले, एअरपड, चार्जर चिप्स र मोबाइल कभर बरामद गरेको हो ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत कालाकाटेमा अस्थायी प्रहरी पोष्ट कालाकाटेबाट खटिएको प्रहरी टोलीले हिजो शुक्रबार बिहान करिब १० बजेतिर चेकजाँच गर्ने क्रममा उक्त सामान फेला पारेको हो ।
प्रहरीका अनुसार ९ वटा बट्टामा राखिएका मोबाइलका १४४ थान डिस्प्ले, एप्पल कम्पनीका ४७ थान एअरपड, ७ थान चार्जर चिप्स र ३ थान मोबाइल कभर नियन्त्रणमा लिइएको छ ।
बरामद गरिएका सामान आवश्यक प्रक्रिया पूरा गरी भन्सार कार्यालय पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

























