दाङ। दाङको तुलसीपुरमा खुकुरी प्रहारबाट एकजना घाइते भएका छन् । घाइते हुनेमा तुलसीपुर ५ रानीजरुवा बस्ने २५ वर्षका पोषण डाँगी रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार तुलसीपुर ८ कृष्ण मन्दिर नजिक बिहिबार दिउँसो १ बजेतिर तुलसीपुर ८ अश्वाराका वर्ष २४/२५ का सन्दीप नामका व्यक्तिले डाँगीलाई खुकुरी प्रहार गरेका हुन् ।
मोटरसाइकलमा आएका सन्दीपले अचानक खुकुरी प्रहार गर्दा खुकुरीले पोषणको दायाँ हातको चोर औला र माझी औला काटिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका सुचना अधिकारी सुर्य रानाले जानकारी दिनुभयो ।
उहाँका अनुसार घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारपछि डिस्चार्ज गरिएको छ । खुकुरी प्रहारमा संलग्न २२ वर्षीय रिजन बिकलाई रानीजरुवा क्षेत्रमा पक्राउ गरिएको छ । अन्य फरारको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।















