२०८२ माघ ७ गते बुधवार

उरहरी बजार सहित तीन स्थानमा सिसिटिभि क्यामेरा जडान


तुलसीपुर । चोरी तथा दुर्घटना नियन्त्रण गर्नका लागि तुलसीपुर उपमहानगरपालिका– ११ ले तीन स्थानमा सिसिटिभी जडान गरेको छ । वडाले आज चोरी तथा दुर्घटना नियन्त्रण, अपराधिक घटनाको अनुसन्धानमा सहजता ल्याउन उरहरी बजार सहित तीन स्थानमा आठ वटा सिसिटिभी क्यामेरा जडान गरेको हो ।

उरहरी बजार क्षेत्रका व्यवसायी र नागरिकहरुको माग अनुसार करिव ३ लाखको लागतमा सिसिटिभी क्यामरा जडान गरेको वडाध्यक्ष मान बहादुर रावतले जानकारी दिनुभयो । बजार क्षेत्रमा हुने चोरी तथा दुर्घटनाका दोषी पत्ता नलाग्ने गरेको हुँदा सहजताका लागि क्यामरा जडान गरिएको उहाँले बताउनुभयो ।

उरहरी बजारमा ४, जनबहार चोकमा २ र जसपुर चौकीमा २ वटा सिसिटिभी क्यामरा जडान गरिएको हो । सिसिटिभी क्यामेरा जडान भएपछि आपराधिक घटना पनि कम हुने अपेक्षा गरिएको छ ।

त्यस अवसरमा बोल्दै रुकुम बाफिकोट गाउपालिकाका अध्यक्ष तथा स्थानिय जनक कुमार बाँठाले वडाले अभिभावकिय भुमिका खेल्दै व्यवसायी तथा स्थानियको माग सम्बोधन गरेकोमा धन्यवाद ब्यक्त गर्नुभयो ।

सुरक्षाका दृष्टिकोणले यो कार्य अत्यन्तै उत्कृष्ट भएको स्थानिय व्यवसायी समेत रहेका बालकृष्ण लामिछानेले बताउनुभयो । क्यामराको मोनिटर प्रहरी चौकी जसपुरमा राखिएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस