दाङ । तुलसीपुरमा जुवा खेलिरहेका पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । तुलसीपुर उपमहानगरपालिका–५ ख लाइनमा हेमराज खड्काको घरमा अबैध रुपमा जुवा तास खेलिरहेकोे गोप्य सूचनाको आधारमा पाँच जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
आज आइतबार साँझ करिब ५ बजेतिर इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले खड्काको घरमा छापा मार्दा जुवा खेलिरहेको अवस्थामा पाँच जनालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी प्रहरी निरिक्षक सुर्य रानाले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका – ५ ख लाइन बस्ने अन्दाजी बर्ष ५४ को हेमराज खड्का, बिरेन्द्रचोकका ४५ वर्षका श्रीधर रजौरे, तुलसीपुर– ८ दुधेनाका अन्दाजी ४४ वर्षका अम्मर कुमार शर्मा, तुलसीपुर– ५ क लाइन बस्ने अन्दाजी ४५ वर्षका प्रमोद गौतम र ख लाइन बस्ने अन्दाजी ५४ वर्षका वकिल केसी रहेका छन् ।
उनिहरुको साथबाट प्रहरीले एक गड्डी तास र नगद ५५ हजार १९५ रुपैयाँ बरामद गरिएको प्रहरी निरिक्षाक रानाले जानकारी दिनुभयो । पक्राउ परेका सबैजनालाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।















