नेपालमा खस आर्य र पहाडी जनजाति समुदायले मनाउने चाडपर्वहरू अधिकाशं श्रम, जिविकोपार्जन तथा उत्पादनमा आधारित देखिन्छन् ।
धेरैले यसलाई धर्म संग जोड्न प्रयत्न गर्दछन् ।
मान्छेसंग नजिक रहने कागको पुजा, मान्छे र मान्छे बस्ने बासस्थानको सुरक्षा दिने कुकुरको पुजा, खेतीपाती गर्न सहयोगी गोरूको पुजा, अति पोषणयुक्त पेयपदार्थ दूध दिने गाईको पुजा, कठांग्रीएको चिसोमा पहारिलो न्यानो दिने सुर्यको पुजा, रातको अन्धाकारलाई चिर्दै उज्यालो दिने चन्द्रमाको पुजा, नदिको पुजा, पहाडको पुजा, वनजंगलको पुजा, अनाजको पुजा, आश्रय दिने घरको धुरिखावाको पुजा, आफ्ना साधन र ओैजारहरूको प्रर्दशन तथा पुजा, अग्रजहरू प्रति सम्मान, मृतक पुर्खाहरूप्रति सामुहिक श्रद्धा (देवाउली) यी क्रियाकलाप, पुजा वा श्रद्धा अरू कुनै धर्म सम्प्रदायहरूको प्रचलनमा देखिदैनन् ।
खस आर्य र पहाडी जनजाति समुदायलाई हिन्दु धर्मसंग जोड्ने कुरामा खासै तारतम्यता नै देखिदैन । खास हिन्दुहरू ‘शक्ति’ अर्थात तत्कालीन समयका शक्तिमा रहेका राजा महाराजाहरूको पुजा गरेको देखिन्छ । जस्तोः रामको, कृष्णको, इन्द्रको वा मातृसत्ताका देविहरूको मुर्ति वा तस्बिर बनाएर पूँजा गर्दछन् भने खस र पहाडी जनजाति समुदायले कहिल्यै कुनै काल्पनिक मुर्ति वा तस्बिरको पूँजा नगरी प्रकृतिको पूँजा गर्ने गरेको देखिन्छ । तसर्थ खसहरू र पहाडी जनजाति समुदायलाई हिन्दु वा अन्य कुनै धर्मसंग जोड्नु वदनियतपूर्ण कार्य भएको कुरामा शंका गर्नुपर्दैन ।
खस आर्यहरू र पहाडी जनजाती समुदायको दशै पर्व अष्ठमीका दिन उत्पादनका साधन र सुरक्षा ओैजारहरूको पुजाआजाबाट शुरू भएर दशमीका दिन देखि पूर्णीमासम्म मान्यजनबाट चामललाई दहीले मुछेको टीका र आशीर्वाद ग्रहण गरेर समापन हुन्छ भने हिन्दुहरू घट्स्थापनाबाट विभिन्न देवीहरू मुर्ति वा तस्बिरको पूजा नवरात्रीको रूपमा शुरू भै नवमीका दिन सकिन्छ । खासमा हिन्दुहरूको दशै पर्व मनाउने तरिका र खस र पहाडी जनजातिहरूको दशै पर्वका विचमा मोैलिक रूपमै फरक देखिन्छ ।
त्यसै गरि तिहार पर्वलाई हेर्दा पनि मोैलिक अन्तर नै देखिन्छ । खस र पहाडी जनजातीहरूले काग पूँजा, कुकुर पूजा, गोर्धन वा गोठको पूजा, गाई पूजा र दाजुभाई – दिदिबहिनीहरूको सद्भावको रूपमा भाई टीका लगाएर भैलो खेल्दै खेतिपाती भित्राएपछिको खुसियाली र उमंग प्रकट गर्दै मनाईन्छ । भने हिन्दुहरूले धनपैसाकी प्रतिक लक्ष्मीको मूर्ति वा तस्बिरको दिपावली गरेर उनलाई घर भित्र भित्राएर एकै दिनमा सकिन्छ ।
खस आर्य र पहाडी जनजातीहरू दाजुभाई– दिदिबहिनीहरूको सद्भावको पर्व भाईटीका रहेको छ भने हिन्दुहरूले भाइटिका मनाउदैनन् । उनीहरूले राखी बाधेर दिदिबहिनी र दाजुभाइको सद्भाव आदान प्रदान गर्दछन् ।
यी मोटामोटी तत्थ्यहरूले के देखाउछन् भने खस आर्य र पहाडी जनजातीहरू हिन्दु नै थिएनन् । उनीहरूलाई जबर्जस्ती हिन्दु बनाईएको थियो । दोश्रो उनीहरू मुर्ति वा तस्विर पूजक थिएनन् । उनीहरूलाई जवरजस्ती बाध्य बनाईएको थियोे । दशैको नवरात्री (नोैं दुर्गाको पूँजा) , तिहारमा रंगोैली वा लक्ष्मी पूजा, दाजुभाइलाई दिदीबहिनीले राखी बाध्ने जस्ता इत्यादि प्रचलन खस आर्य र पहाडी जनजातिहरूका प्रचलन होइनन् ।
उनीहरूका चाडपर्व प्रकृतिलाई सम्मान गर्ने, पितापुर्खालाई सम्मान गर्ने प्रकारका छन् भने हिन्दुहरूका प्रचलनहरू राजामाहाराजाहरूको दलाली, चाप्लुसी, ढोंगी र बढी आडम्बरमा आधारित भएको देखिन्छन् ।
प्रकारान्तरले खस तथा पहाडी जनजातीहरूले विकास गरेका चाडपर्वहरू बढी मानविय र सामाजिक देखिन्छन । तर पछिल्लो समयमा खस आर्य र पहाडी जनजाति समुदायले परापुर्व कालदेखि विकास गरेका चाडपर्वहरूका स्वरूप समाप्त हुँदै र हिन्दु संस्कार हावी हुदै गइरहेका छन् ।
उत्पादनका साधन र उत्पादनको तरिका आउने फेरबदलसंगै चाडपर्वहरूको प्रकृतिमा रूपान्तरण हुनु स्वभाविक मान्न सकिन्छ तर हिन्दुहरूले लादेका दक्षिणतिरबाट आयातित कुसंस्कारहरूलाई अन्धानुकरण गर्ने प्रबृति विकास हुदै जानू दुःखद कुरा हो ।
दक्षिणतिरबाट भइरहेको चाडपर्व माथिको हस्तक्षेपसंगै हाम्रो सामाजिक स्वरूप नराम्रो संग प्रभावित भैरहेको छ । हामी धेरै स्वार्थी बन्दै गईरहेका छोैं, सत्य र यथार्थ धरातललाई विर्सेर बढी लोकाचारी र आडम्बरी बन्दै छोैं ।
पिता, पुर्खा र मान्यजनप्रतिको श्रद्धा र सम्मानको संस्कार समाप्त हुँदै जाँदा सामाजिक कर्तव्य कमजोर हुँदै गईरहेको छ । चाडपर्वहरू व्यापरिक बन्दै जाँदा उदाहरणका लागि स्कुलहरूमा भित्रिएको बालबालिकालाई राधा र कृष्ण बनाउने र श्रावण महिनामा महिलाहरूले हरियो पहिरन लगाउने इत्यादी प्रचलन मानवजातिमाथि अनावश्यक बोझ थोपरिदै छ ।
चाडपर्व, संस्कार र संस्कृतिहरू मानवजातिको हित अनुकुल हुनुपर्दछ । मानवजातिमा सामाजिक सद्भाव र भातृत्व बढाउने हुनुपर्दछ । उत्पादनका तरिकामा आउने परिवर्तन अनुसार चाडपर्वहरूमा पनि रचनात्मक रूपान्तरण हुनु पर्दछ । हरेक कुराको प्रगतिशील विकास र रूपान्तरण हुनुपर्दछ तर पछिल्लो समयमा नेपाली समाजले अन्य समुदाय खास गरि भारतियहरूले विकास गरेका प्रचलनहरू नेपाली समाजमाथि लाधेर आफुले आफैलाई कुरूप बनाउदै गइरहेको छ । यसले गर्दा समाजलाई कयौं वर्ष पछाडी धकेलीरहेको छ ।










