दाङ । दाङमा झण्डै दुई लाख बराबरका पटका बरामद गरिएको छ । प्रहरीले जिल्लाका विभिन्न ठाउँबाट १ लाख ८० हजार ९२० बराबरका पटका बरामद गरेको हो ।
तिहार पर्वलाई लक्षित गर्दै जिल्ला प्रहरी कार्यालय दाङ र मातहतका प्रहरी कार्यालयबाट खटिएको गस्ती टोलीले विभिन्न स्थानमा चेकपोष्ट स्थापना गरी गरिएको चेकजाँचका क्रममा अवैध पटका बरामद गरेको छ ।
तिहार पर्वमा पटका पड्काउँदा हुने आगलागी, दुर्घटना तथा जनधनको क्षति न्यूनीकरण गर्न जिल्लाभर निगरानी बढाइएको प्रहरीले जनाएको छ । अवैध रूपमा पटका बिक्री वितरण गर्ने तथा पड्काउने व्यक्तिमाथि आवश्यक कानूनी कारबाही गरिने जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।










