२०८२ माघ २५ गते आइतवार

अझै रोकिएन पटका आतंक

दाङ । हिन्दुहरूको दोस्रो महान पर्वको रुपमा रहेको तिहारमा पटाकाको आतंक छ । उज्यालोको पर्वको रुपमा रहेको यो उमंगको पर्व पनि हो । तर पटक पड्किदा नागरिकलाई झस्काउने गरेको छ ।

नेपालको कानुनले प्रतिबन्ध लगाएको आतिसबाजी पटका भने नेपालमा अवैध रूपमा भित्रिएर पड्काउने गरिएको छ ।

नेपाल सरकार र स्थानीय प्रशासन कार्यालयलेसमेत सूचना नै जारी गर्दे ओसारपसार र पड्काउन समेत रोक लगाए पनि तिहारको अन्तिम दिन पनि ठूला–ठूला आवाजमा पटका पड्किरहेका छन् ।

भारतमा खुला रूपमा पाइने र पडकाउन समेत मिल्ने प्रावधान भएकोले सीमावर्ती क्षेत्रमा अवैध रूपमा भारतबाट नै नेपालमा पटाका भित्र्याउने गरिएको छ ।

सुरक्षा निकायले समेत तिहारलाई लक्षित गर्दै सीमाबाट पटका भित्रिन नदिन कडाइका साथ चेकजाँच गरे पनि पटकाको आतंक भइरहेको छ । भारतबाट भित्र्याएर गैरकानुनी रूपमा बिक्रीवितरण हुने गरेको छ । सजावटका पसल, किराना तथा जनरल स्टोर्सहरुमा लुकिछिपी बिक्रीवितरण हुने गरेको छ ।

दाङ प्रहरीले जिल्लाका विभिन्न ठाउँबाट १ लाख ८० हजार ९२० बराबरका पटका बरामद गरेको हो । तर पूर्णरुपमा नियन्त्रणमा आउन सकेको छैन् । जिल्ला प्रशासन कार्यालयले पटकाजन्य विस्फोटक पदार्थ प्रतिबन्ध गरे पनि पटका पड्किएको आवाज सुनिएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस