२०८२ मङ्सिर २२ गते सोमवार

आँखाको उपचारका लागि सहयोगको अपिल


तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका–७ ग्वारखोलाका दृष्टिविहिन लालमती कुमालले आँखाको उपचारका लागि आर्थिक सहयोगको अपिल गर्नुभएको छ ।

३४ वर्षका कुमालले जन्मेको केही वर्षपछि आँखामा समस्या देखिएको बताउनुभयो । कुमालको सानो छदा आँखा पाकेको थियो । आँखा पाकेको बेला परिवारले आर्थिक अबस्था कमजोर भएकाले उपचार नगरेको उहाँले बताउनुभयो । आर्थिक अवस्था कमजोर भएकै कारण समयमा उपचार गर्न नसक्दा अहिले उहाँको दुवै आँखामा रतन्दोको समस्या देखिएको छ ।

उहाँले भन्नुभयो– ‘विस्तारै आखाँ धकिलो देख्न थाले, पछि अस्पताल गएर चेक गराउँदा रतन्धोको समस्या देखापर्‍यो । घरमा कोही कमाउने नभएपछि आँखाको उपचार गर्न सकिन । सबैको साथ सहयोग भयो भने आखाँको उपचार गर्न सकिन्छ की भन्ने सोचमा छु ।’ संसार हेर्ने रहर त धेरै छ, तर आँखाले साथ नदिँदा केही देख्न सक्दिन सबैको सहयोगले संसार हेर्ने आशा रहेको उहाँको भनाई छ ।

उहाँले उपचारका लागि सानो सहयोगका लागि सबैमा अनुरोध गर्दै राष्ट्रिय वाणिज्य बैंकको खाता नम्बर ४१६०१०००४१५२००१० मा रकम जम्मा गरिदिन र थप जानकारीका लागि ९८०९७७०६९१ मा सम्पर्क गर्न आग्रह गर्नुभएको छ ।

लालमती कुमालको परिवारमा बुढोबुबा र उहाँ मात्रै हुनुहुन्छ । बुबाको पनि आम्दानी नहुने भएकाले उपचार खर्च जुटाउन निकै कठिनाइ भएको उहाँले बताउनुभयो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस