दाङ। दाङमा बिलबिजक बिनाको दुई लाख बढीको कपडा बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको यात्रुवहाक सवारी साधनबाट बिलबिजक बिनाको कपडा बरामद गरिएको हो ।
प्रहरीले शुक्रबार बिहान १० बजेतिर लमही नगरपालिका–९ अमिलिया नजिकबाट सवारी जाँचको क्रममा बिल बिजक बिनाको २ लाख १२ हजार ५ सय बराबरको लेडिज कुर्ता सुरुवाल बरामद गरेको हो ।
सवारी साधनको छत तथा डिक्कीमा लुकाइराखेको अवस्थामा अवैध कपडा फेला पारिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी चक्रबहादुर शाहले जानकारी दिनुभयो । बरामद गरिएको कपडा अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय कोहलपुर बाँकेमा पठाएको प्रवक्ता शाहले बताउनुभयो ।















