दाङ। जनेजी आन्दोलनमा दाङमा आगजनी, तोडफोड र लुटपाटमा संलग्न नौ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले दाङको घोराही उपमहानगरपालिकाका ८ जना र सल्यानको छत्रेश्वरी गाउँपालिकाका १ जना गरी नौ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १५ का २४ वर्षिय सुनिल थापा मगर, सोहि ठाउँका २४ वर्षकै कुनाल श्रेष्ठ, २४ वर्षका ईनाहित कुरेसी, १८ वर्षका टेकम डाँगी रहेका छन् ।
यस्तै घोराही–१५ कै १८ वर्षिय बिबेक पुन मगर, घोराही उपमहानगरपालिका वडा नम्बर १३ का २९ वर्षिय महेश घिमिरे, घोराही उपमहानगरपालिका वडा नम्बर ९ ढिकपुरका ३४ वर्षिय शरद बस्नेतलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार सल्यान छत्रेश्वरी गाउँपालिका–४ का २६ वर्षिय अमर बहादुर वली र दाङको घोराही उपमहानगरपालिका–१३ का सन्दीप घर्ती पनि पक्राउ परेका छन् ।
पक्राउ परेकाहरूले जिल्ला ट्राफिक प्रहरी कार्यालय घोराही र घोराही बजारस्थित भानुचोकमा रहेको प्रहरी बिटमा ढुंगामुढा, तोडफोड, लुटपाट तथा आगजनी गरी क्षति पुर्याएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी चक्रबहादुर शाहले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार पक्राउ परेकामध्ये ट्राफिक प्रहरी कार्यालयमा भएको आगजनी, लुटपाट र चोरी प्रकरणमा संलग्नहरूलाई दाङ जिल्ला अदालतबाट ५ दिनको म्याद थपिएको छ । त्यस्तै भानुचोकस्थित प्रहरी बिटमा ढुंगामुढा, तोडफोड तथा आगजनी गर्ने समूहका लागि ७ दिनको म्याद थपिएको छ । दुवै घटनामा प्रहरीले थप अनुसन्धान अघि बढाइरहेको प्रवक्ता शाहले बताउनुभयो ।












