२०८२ मङ्सिर २२ गते सोमवार

दाङमा अबैध रुपमा नदिजन्य पदार्थ उत्खनन् गर्ने ट्याक्टर प्रहरीको नियन्त्रणमा


दाङ । दाङमा अबैध रुपमा नदिजन्य पदार्थ उत्खनन् गर्ने ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ । खोलाबाट अबैध रुपमा नजिजन्य पदार्थ ढुंगा उत्खनन् गरि ल्याउदै गरेको पाँच वटा ट्याक्टर नियन्त्रणमा लिएको दाङ प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी चक्रबहादुर शाहका अनुसार बबई गाँउपालिका बाट तीन र गढवा गाँउपालिकाबाट दुई वटा गरी पाँच वटा ट्याक्टर निन्यन्त्रण लिइएको हो ।

गढवा गाउँपालिका–४ पर्सिया स्थित राप्ति खोलाबाट मिस्कट (नजीजन्य पदार्थ) उत्खनन गरिरहेका रा १ त ३२०१ र रा १ त २७९७ नम्बरका ट्याक्टरलाई इलाका प्रहरी कार्यालय गढवाले हिजो नियन्त्रणमा लिएको डिएसपी शाहले जानकारी दिनुभयो । प्रति ट्याक्टर ३० हजारका दरले ६० हजार रुपैयाँ कारवाही पश्चात उक्त ट्याक्टरहरु सम्बन्धित ब्यक्तिहरुको जिम्मा लगाईएको उहाँले बताउनुभयो ।

यस्तै बबई गाउँपालिका– ७ ओदालेतिरबाट ढुंगा र वालुवा अबैध उत्खनन भइरहेको गोप्य सूचनाको आधारमा खटिएको टोलीले आज सोमबार तीन ट्याक्टर नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय खिलतपुरबाट खटिएको प्रहरीले ढुंगा उत्खनन गरिरहेका रा १ त २५५९ र लु २ त ९५७२ नम्बरका ट्याक्टर र बबई–७ बेलासपुरमा उत्खनन गरिरहेको रा १ त ४८४० नम्बरको ट्याक्टर नियन्त्रणमा लिएको डिएसपी शाहले जानकारी दिनुभयो ।

बबई गाउँपालिकाले प्रति ट्याक्टर १० हजारका दरले ३० हजार रुपैयाँ कारवाही पश्चात सम्बन्धित ब्यक्तिहरुको जिम्मा लगाईएकोे छ । दुवै गाउँपालिकाले कारबाही प्रक्रिया पुरा गरेपछि ट्याक्टरहरू सम्बन्धित व्यक्तिहरूको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस