दाङ। प्रधानमन्त्री सुशीला कार्कीले नेपाल संस्कृत विश्व विद्यालयको सेवा आयोगको अध्यक्ष पदमा प्राध्यापक डक्टर भागवतप्रसाद शर्मालाई नियुक्त गर्नुभएको छ ।
प्रधानमन्त्री कार्कीले नेपाल संस्कृत विश्व विद्यालय ऐन २०४३ को दफा ९ (क) को उपदफा (२) अनुसार प्राध्यापक डक्टर शर्मालाई सेवा आयोगको अध्यक्ष पदमा ३ वर्षका लागि नियुक्त गर्नुभएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
दाङको तुलसीपुर उपमहानगरपालिका–१८ निवासी प्राध्यापक डाक्टर शर्माले यसअघि विश्वविद्यालयको शिक्षाध्यक्ष रही कार्यसम्पादन गर्नुभएको थियो ।
यसैगरी प्रधानमन्त्री कार्कीले विश्वविद्यालयको सोही नियम अनुसार सेवाआयोगको सदस्य पदमा फुङलिङ ३ ताप्लेजुङका प्राध्यापक डाक्टर रमेश घिमिरेलाई नियुक्त गर्नुभएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
















