२०८२ मङ्सिर २२ गते सोमवार

दाङमा जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीमा संलग्न थप दुई जना पक्राउ


दाङ ।
दाङमा जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीमा संलग्न थप २ जना पक्राउ परेका छन् ।

प्रहरीका अनुसार घोराही उपमहानगरपालिका–१५ शहीद गेट बस्ने २८ वर्षीय विकास भुषाल र घोराही उपमहानगरपालिका–१० नारायणपुर बस्ने १९ वर्षीय अनिल बि.क. रहेका छन् ।

दाङ जिल्ला अदालत र इलाका प्रहरी कार्यालय नारायणपुरको कार्यालय भवनमा ढुङ्गामुढा, तोडफोड, लुटपाट, चोरी तथा आगजनी गरी क्षति पुर्‍याउने घटनामा संलग्न रहेको अभियोगमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

दुवै घटनामा संलग्न फेला परेका उनीहरूलाई थप अनुसन्धानका लागि जिल्ला अदालतबाट ५ दिनको म्याद थपेर उनीहरूविरुद्ध थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी चक्रबहादुर शाहले जानकारी दिनुभयो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस