दाङ । हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्थाले शेयर सदस्यहरुलाई आधारभुत सहकारी शिक्षा प्रदान गरेको छ ।
तुलसीपुर उपमहानगरपालिका–७ झुमरेमा रहेको सहकारीले शेयर सदस्यलाई सहकारी सम्बन्धि ज्ञानको जानकारी गराउन आज (शनिबार) एक कार्यक्रमको आयोजना गरी आधारभुत सहकारी शिक्षा सम्बन्धि तालिम प्रदान गरेको हो ।

संस्थाका अध्यक्ष शुक्रराज भण्डारीले सहकारीका शेयर सदस्यलाई सहकारी शिक्षा प्रदान गर्नुभएको हो । हाम्रो पहुँच सहकारीले शेयर सदस्यलाई सहकारी सम्बन्धि सचेतना दिन प्रत्येक महिना सहकारी शिक्षा प्रदान गर्ने गरेको बताउनुभयो ।

उहाँले शेयर सदस्य सहकारीमा आवद्ध भएरमात्रै नहुने भन्दै सहकारी सम्बन्धि ज्ञानको आवश्यकता पनि आवश्यक भएकाले हाम्रो पहुँचले शेयर सदस्यहरुलाई सहकारी शिक्षा प्रदान गरेको बताउनुभयो । तालिममा सहकारी, यसको अर्थ, बचत कसरी गर्ने लगायतका विषयमा सदस्यलाई जानकारी गराइएको छ ।

संस्थाका तालिम सूचना तथा अध्ययन उपसमितिका संयोजक कृष्ण प्रसाद पोख्रेलको अध्यक्षतामा भएको तालिमको सहजीकरण बचत तथा ऋण विभागका विभागिय प्रमुख रेखा शर्माले गर्नुभएको हो ।
सहकारीमा अहिले ५ हजार शेयर सदस्य आवद्ध रहेका छन् भने एक सय दश जनाले प्रत्यक्ष रुपमा रोजगारी पाएका छन् ।















