दाङ । तुलसीपुर उपमहानगरपालिका–७ स्थित राप्ती शान्ति उद्यान र श्रीगणेश सामुदायिक बनको नयाँ नेतृत्व चयनका लागि आज शपनबार मतदान सम्पन्न भएको छ । अहिले मतगणना जारी रहेको निर्वाचन समितिका संयोजक लेबेन्द्र केसीले जानकारी दिनुभयो ।
पार्क र बन समुहको मतगणना संगै सुरु भएको संयोजक केसीले जानकारी दिनुभयो । उहाँका अनुसार यो समाचार तयार पार्दासम्म ५० मत गणना भएको छ ।
५० मतगणना हुँदा पार्कका अध्यक्ष पदका उम्मेदवार खेतुप्रसाद भण्डारीले २७ मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिस्पर्धि सुधिर केसीले २२ मत प्राप्त गर्नुभएको छ । भण्डारीले सुरुवाती चरणबाटै अग्रता लिनुभएको छ । भण्डारीको केसीको भन्दा पाँच मत धेरै रहेको छ ।
यस्तै कोषाध्यक्षका लागि तीन जना प्रतिष्पर्धामा रहेका छन् । पार्कको कोषाध्यक्ष पदका उम्मेदपार बोधप्रसाद खनालले २४ मत प्राप्त गरी अग्रता लिनुभएको छ । यस्तै दण्डबहादुर मल्लले १४ र डुण्डमान पराजुलीले ७ मत प्राप्त गर्नु भएको छ । पार्कको सचिवमा भने माया रिजाल निर्विरोध चयन भइसक्नुभएको छ ।
यस्तै बन समुहको एक सय मत गणना हुँदा अध्यक्ष पदका उम्मेदवार डिल्लीराज भण्डारीले ४७ प्राप्त गरी अग्रता लिनुभएको छ । उहाँले प्रतिस्पर्धि लोकमणी पोखरेलले ३५ र लिलाधर विश्वकर्माले १३ मत प्राप्त गर्नु भएको छ ।
बन समुहको उपाध्यक्षमा इश्वरा महतारा निर्विरोध चयन हुनुभएको छ । यस्तै सचिवमा तुलसीराम भण्डारीले ४१ म्त प्राप्त गरी अग्रता लिनुभएको छ । उहाँका प्रतिस्पर्धि खुमलाल पोख्रेलले ३६ र पार्वती बुढामगरले ८ मत प्राप्त गर्नु भएको छ ।
यस्तै कोषाध्यक्ष पदका उम्मेदवार प्रतिभा भण्डारीले ४७ र दुर्गा शर्मा वलीले ३७ मत प्राप्त गर्नु भएको छ । सहसचिव पदका उम्मेदवार माधव गिरीले ५९ र गिरीराज भण्डारीले २२ मत प्राप्त गर्नु भएको छ ।
यस्तै उद्यानका खुल्ला तीन सदस्यका लागि तिलकराम भण्डारी,बिष्णुप्रसाद भण्डारी, कमल भण्डारी, ताराप्रसाद भण्डारी, शालिकराम भण्डारी, भागिरथ भण्डारी, रुद्रमणी भुषाल र नेत्रमणीप्रसाद पोखरेल प्रतिष्पर्धामा रहनुभएको छ ।
यस्तै महिला सदस्यका लागि जलपादेवी दमाई, तेजु रावत, खिरमी बुढाथोकी, बोलकुमारी भण्डारी र दुर्पता केसी वली प्रतिष्पर्धामा रहनुभएको छ ।
४७४ जना मतदाता संख्या रहेकोमा ४५३ मत खसेको निर्वाचन उहाँले जानकारी दिनुभयो । २१ जना मतदाताले मतदान गर्न नआएको संयोजक केसीले बताउनुभयो ।
राप्ती शान्ति उद्यानको मन्दिर परिसरमा बिहान सवा ८ बजेदेखि शुरु भएको मतदान बेलुका ४ बजे सम्पन्न भएको थियो ।












