२०८२ मङ्सिर २२ गते सोमवार

सल्यानमा चार महिनामा विभिन्न अपराधमा संलग्न १ सय बढी जना पक्राउ

सल्यान । चालु वर्षको चार महिनामा सल्यानमा विभिन्न अपराधमा संलग्न एक सय बढी पक्राउ परेका छन् । साउनदेखि कार्तिक तेस्रो सातासम्म सल्यानमा प्रहरीले फैसला कार्यान्वयनको सिलसिलामा विगत केही वर्षदेखि फरार र विभिन्न अपराधमा संलग्न रहेका १११ जनालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायव उपरिक्षक तथा प्रहरी प्रमुख डा. हेमबहादुर केसीले विगतदेखि नै फैसला कार्यान्वयनको सिलसिलामा फरार रहेका ५२, अनुसन्धानमा रहेका १४, जेनजी आन्दोलनका क्रममा जेलबाट भागेका २ सहित ७१ जना पक्राउ परेको जानकारी दिनुभयो ।

यस्तै तीन महिनाको अवधिमा कर्तव्य ज्यान मुद्दामा एक, जबरजस्ती करणीको आरोपमा सात, बैंकिङ कसुरका दुई, सवारी ज्यानका तीन, बहुविवाह मुद्दाका एक, ज्यान मार्ने उद्योगका पाँच , अभद्र व्यवहारका सात, लागूऔषधका ६, जुवा खेलेको आरोपमा ६, हातहतियार तथा खरखजाना मुद्दामा एक र सामुदायिक वनमा अवैध रूपमा काठ कटानीमा संलग्न एक जना गरी ४० जना प्रक्राउ परेको बताउनुभयो ।

विभिन्न अपराधमा पक्राउ परेकामध्ये सबैलाई कारबाही प्रक्रिया अगाडि बढाइएको र केही धरौटी, तारेखमा छुटेको उहाँले जानकारी दिनुभयो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस