२०८२ माघ २५ गते आइतवार

तुलसीपुरका विभिन्न स्थानमा आज साँझ खानेपानी नआउने


दाङ । तुलसीपुरका विभिन्न स्थानमा आज साँझ खानेपानी नआउने भएको छ । तुलसीपुर उमहानगरपालिका–३ पहरेमा रहेको मुख्य पाईप लाइनमा समस्या आएकोले पानी नआउने तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले जनाएको छ ।

संस्थाले आज सोमबार एक सूचना जारी गदै खानेपानी नआउने जानकारी गराएको छ । साँझको समयमा रक्षाचौर, पातु, श्रिगै र खर्चवा ट्यांकबाट पानी वितरण गर्ने क्षेत्रहरुमा खानेपानी वितरण गर्न नसकिने जनाएको छ ।

उक्त स्थानमा मर्मत कार्य भइरहेकाले भोली बिहान मात्रै पानी सूचारु हुने सचिव भुवन भुषालले जानकारी दिनुभयो ।

यसबाहेक, वितरण अवरुद्ध हुँदा उपभोक्तामा पर्न गएको असुविधाप्रति संस्थाले क्षमायाचना गरेको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस