२०८२ मङ्सिर २२ गते सोमवार

अवैधरुपमा नदिजन्य पदार्थ उत्खनन गर्नेलाई १ लाख ८० हजार बढी जरिवाना

दाङ । दाङका खोला तथा नदिमा अवैधरुपमा नदिजन्य पदार्थ चोरी निकासी गर्ने रोकिन सकेको छैन् । खोलामा नदिजन्य पदार्थ अवैधरुपमा उत्खननलाई सोमबार मात्रै प्रहरीले जेसिबि र टिप्परलाई नियन्त्रणमा लिएको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १४ स्थित बगौसी दोभान किनारमा अबैध रुपमा नदिजन्य पदार्थ उत्खनन् गरिरहेको अवस्थामा रा १ क १०६१ नम्बरको जेसिवि र रा १ ख २६१४ नम्बरको ट्रिप्परलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी चक्रबहादुर शाहले जानकारी दिनुभयो ।

चोरी निकासी गरिरहेको अवस्थामा नियन्त्रणमा लिएर जरिवानास्वरुप १ लाख ८० हजार पाँच सय सत्र लिएर सम्बन्धित व्यक्तिको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । अवैधरुपमा नदिजन्य पदार्थ उत्खननबाट तुलसीपुर उपमहानगरपालिकाले जरिवाना असुल गरेको हो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस