२०८२ फाल्गुन २९ गते शुक्रवार

आज सुनको भाउ तोलामा एक हजार नौंसय रुपैयाँले घट्यो


दाङ । आज सुनचाँदीको भाउ घटेको छ । सुनको भाउ आज तोलामा एक हजार नौ सय रुपैयाँले घटेको छ ।

सुन आज तोलामा एक हजार नौ सय रुपैयाँले घटेर तोलाको दुई लाख ४२ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको दुई लाख ४४ हजार ६ सय रुपैयाँ थियो ।

त्यस्तै आज चाँदी तोलामा २० रुपैयाँले घटेको छ । चाँदी आज २० रुपैयाँले घटेर तोलाको तीन हजार एक सय १५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको तीन हजार एक सय ३५ रुपैयाँ थियो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस