२०८२ मङ्सिर २२ गते सोमवार

भिएफएक्स सिनेमाजको शाखा तुलसीपुरमा खुल्ने


दाङ । भिएफएक्स सिनेमाजको शाखा तुलसीपुरमा खुल्ने भएको छ । नारायणपुरमा रहेको भिएफएक्स सिनेमाज प्रा.ली. अब तुलसीपुरमा पनि खुल्ले आज शुक्रबार पत्रकार सम्मेलन गरेर जानकारी गराइएको हो ।

प्रा.लिका सञ्चालम विजय रावतले भिएफएक्स सिनेमाज प्रा.ली.र तुलसीपुरमा रहेको कराई इभेन्टको सहकार्यमा सिनेमाहल सञ्चालनमा ल्याउन लागेको जानकारी दिनुभयो ।

करिब १८ करोडको लागतमा ५ सय सिट क्षमता भएको हल सञ्चालन गर्ने तयारी रहेको रावतले बताउनुभयो । सिनेमाहल तुलसीपुर उपमहानगरपालिका–६ रजौरामा रहेको कराई इभेन्टको परिसरमा आगामी दशैसम्म हल सञ्चालनमा आउने उहाँले जानकारी दिनुभयो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस