२०८३ साउन २५ गते सोमवार

एमटी महरको नयाँ तिज गीत ‘कालो चश्मा’ सार्वजनिक (भिडियोसहित)

दाङ । हरितालिका तिज नजिकिँदै गर्दा चर्चित गायक तथा मोडल एमटी महरको नयाँ तिज गीत ‘कालो चश्मा’ सार्वजनिक भएको छ । ‘कालो चश्मा, आँखैमा लाम की नलगाम–मायालुले बोलायो जाम कि नजाम’ बोलको उक्त गीत ‘एमटी महर अफिसियल’ युट्युब च्यानलमार्फत औपचारिक रूपमा बजारमा ल्याइएको हो ।

नेपाली लोक सांगीतिक क्षेत्रमा लामो समयदेखि सक्रिय महरको यो नयाँ कोसेलीमा मौलिकता र आधुनिक रुचिको सन्तुलन समेटिएको छ । गीतमा एमटी महर र गायिका दीपिका बयम्बु मगरको स्वर रहेको छ भने शब्द सिर्जना चर्चित सर्जक शिव हमालले गर्नुभएको हो ।

दृश्य संयोजन तथा अभिनयका हिसाबले आकर्षक बनाइएको यस भिडियोमा गायक एमटी महर स्वयं र मोडल विजया पुरीको जोडीले अभिनय गरेका छन् । बिक्रम चौहानको निर्देशनमा तयार भएको भिडियोको छायाँकन प्रकाश खड्काले गर्नुभएको हो भने सम्पादन बी–स्टार फिल्मस्‌मा गरिएको हो ।

भिडियो :

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस