२०८२ मङ्सिर २२ गते सोमवार

१६ दिने अभियानका अवसरमा वक्तृत्वकला


तुलसीपुर । महिला हिंसा अन्त्यका लागि मेरो भूमिका विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । तुलसीपुर मेट्रो कलेज बहुप्राविधिक शिक्षालयको आयोजनमा लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियानका अवसरमा कार्यक्रम आयोजना गरिएको हो ।

कलेजका अतिरिक्त विभाग प्रमुख केपि न्यौपानेको अध्यक्षता तथा बहुप्राविधिक शिक्षालयका सहायक प्रमुख गोपाल रेग्मीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

निर्णायक मण्डलहरूमा गोकर्ण पौडल,सुधासुमन ढकाल र विशाल न्यौपाने रहनु भएको थिउो । प्रतियोगितामा प्रथम स्मृति चौधरी, द्वितीय सुनिता चौधरी र तृतीय लिला विश्वकर्मा र भुपाल केसी सान्त्वना हुनुभएको थियो । विजयी विद्यार्थीलाई पुरस्कृत गरिएको थियो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस