२०८२ मङ्सिर २२ गते सोमवार

तुलसीपुरमा स्वरुप परिवर्तन गरि ध्वनी प्रदुषण गर्ने मोटरसाइकल नियन्त्रणमा


तुलसीपुर । दाङको तुलसीपुरमा स्वरुप परिवर्तन गरिएका सवारी साधन प्रहरीले नियन्त्रणमा दिएको छ ।

वरूप परिवर्तन गरी ध्वनी प्रदुषण गर्ने ७ वटा मोटरसाइकलहरु नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी चक्रबहादुर शाहले जानकारी दिनुभयो ।

मंसिर १२ र १३ गते ईलाका प्रहरी कार्यालय तुलसीपुर दाङबाट तुलसीपुर बजार एरियामा खटिएको चेकीङ ड्युटीले स्वरूप परिवर्तन गरी ध्वनी प्रदुषण गर्ने मोटरसाइकलहरुलाई नियन्त्रणमा लिएको डिएसपी शाहले जानकारी दिनुभयो ।

मोटरसाइकललाइ लियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि यातायत व्यवस्था कार्यालय तुलसीपुर दाङमा पठाईएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस