२०८२ मङ्सिर २१ गते आइतवार

डिजेल र मट्टितेलको मूल्य घट्यो

दाङ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको नयाँ मूल्य कायम गरेको गरेको छ । निगमले आजदेखि लागु हुने गरी नयाँ मूल्य लागु गरेको हो ।

निगमले आजदेखि मूल्य समायोजन गरी डिजेल र मट्टितेलको मूल्यमा एक रुपैयाँ घटाइएको छ भने हवाई इन्धनतर्फ ६ रुपैयाँ बढाइएको छ । पेट्रोलको मूल्य भने यथावत राखिएको छ ।

इन्डियन आयल कर्पोरेशनबाट प्राप्त पेट्रोलियम पदार्थको नयाँ मूल्यअनुसार डिजेलमा एक रुपैयाँ ४४ पैसा घटेर तथा हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ ६२ पैसाले बढेर आएको हो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस