२०८२ माघ ७ गते बुधवार

अवैधरुपमा नदिजन्य पदार्थ उत्खनन् गर्नेमाथि प्रहरीको निगरानी


दाङ । दाङमा खोला तथा नदिमा अवैधरुपमा नदिजन्य पदार्थ उत्खनन् गर्नेमाथि प्रहरीले निगरानी बढाएको छ ।

प्रहरीले १९ दिनको अवधिमा अवैधरुपमा नदिजन्य पदार्थ उत्खनन् गर्ने १८ वटा सवारी साधनलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार १८ टिप्पर र जेसिवीबाट जरिवानास्वरुप चार लाख बढी राजश्व संकलन भएको छ ।

जिल्ला प्रहरी प्रवक्ता डिएसपी चक्रबहादुर शाहले अबैध रुपमा ढुङ्गा र वालुबा उत्खनन् गरिरहेका १३ वटा ट्याक्टरबाट २ लाख २० हजार जरिवाना असुल गरिएको बताउनुभयो । यस्तै ३ वटा टिप्परबाट एक लाख २७ हजार ५४०, २ वटा जेसिबीबाट ९० हजार जरिवाना असुल गरिएको प्रवक्ता शाहले बताउनुभयो ।

प्रहरीले १८ वटा सवारी साधनबाट चार लाख सैतिस हजार पाचँ सय चालिस जरिवाना असुल गरेको हो । कार्बाही पश्चात उक्त सवारी साधनहरु सम्बन्धित ब्यक्तिहरुको जिम्मा लगाई पठाईएको प्रवक्ता शाहले बताउनुभयो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस