२०८२ माघ ७ गते बुधवार

दाङको लमहीमा गोली चल्दा एक जना घाइते


दाङ । दाङको लमहीमा गोली चलेको छ । लमही नगरपालिका–५ स्थित लमही गल्लीमा रहेको जुनतारा सुनचाँदी पसलमा लुटपाट गर्ने उद्देश्यले गोली चलाइएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।

गोली चल्दा पसल सञ्चालक १८ वर्षका दिपक सुनार घाइते भएको प्रहरीले जनाएको छ । घाइते सुनारकोे लमही अस्पतालमा उपचार भइरहेको छ ।

घटनाको बारेमा अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरिक्षक रोषणराज पाण्डेले जानकारी दिनुभएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस