२०८२ माघ ७ गते बुधवार

सानीभेरीमा निशुल्क आँखा जाँच शिविर : १६ जनामा मोतिबिन्दु फेला

रुकुम पश्चिम। रुकुम पश्चिमको सानीभेरी गाउँपालिका अस्पतालमा एक दिने निःशुल्क आँखा जाँच शिविर गरिएको छ ।

नेपाल नेत्र ज्योति संघ सर्जिकल आँखा उपचार केन्द्र सल्ले रुकुम पश्चिमको प्राविधिक सहयोग सानीभेरी गाउँपालिका वडा नं ७ को आयोजना र सानिभेरी गाउँपालिकाको समन्वयमा एक दिने निःशुल्क आँखा जाँच शिविर सानीभेरी गाउँपालिका अस्पतालमा गरिएको हो ।

शिविरमा १४३ जनाको आँखा जाँच गरिएको छ । जसमध्ये १६ जनामा मोतिबिन्दु भेटिएको उपचार केन्द्र प्रमुख धनबहादुर केसीले जानकारी दिनुभयो । मोतिबिन्दु भएका बिरामीलाई यही मंसिर २९ गते सर्जिकल आँखा केन्द्र सल्ले रुकुम पश्चिममा शल्यक्रिया गरिने उपचार केन्द्र प्रमुख केसीले जानकारी दिनुभएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस