२०८२ माघ ७ गते बुधवार

अबैध रुपमा ढुङ्गा र बालुवा उत्खनन् गर्ने आठ वटा ट्याक्टर नियन्त्रणमा


दाङ । दाङमा प्रहरीले अबैध रुपमा ढुङ्गा र बालुवा उत्खनन् गर्ने सवारी साधन नियन्त्रणमा लिएको छ । मंसिर २० गतेदेखी २६ गतेसम्म विभिन्न स्थानमा अबैध रुपमा ढुङ्गा र बालुवा उत्खनन् गर्ने ८ वटा ट्याक्टरलाई नियन्त्रणमा लिएको दाङ प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङ तथा मातहतका प्रहरी इकाइबाट खटिएको प्रहरी टोलीले दाङका विभिन्न स्थानबाट आठ वटा ट्याकटर नियनत्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी चक्रबहादुर शाहले जानकारी दिनुभयो ।

नियन्त्रणमा लिएको सवारी साधनहरुबाट जरिवाना वापतको जम्मा रकम १ लाख ३० हजार रुपैंया असुल गरेको प्रहरीले जनाएको छ । जरिवाना तिरेपछि उक्त ट्याक्टरहरू सम्बन्धीत व्यक्तीहरूको जिम्मा लगाई पठाईएको उहाँले जानकारी दिनुभयो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस