रोल्पा । रोल्पामा अटो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । सुनिलस्मृति गाँउपालिका–३ का ५४ वर्षीय रेगबहादुर बिष्टको मृत्यु भएको रोल्पा प्रहरीले जनाएको हो । दुर्घटनापछि गम्भीर घाइते भएका बिष्टलाई उपचारका लागि सुलिचौरतर्फ लैजादै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
आज शुक्रबार बिहान करिब ९ बजेतिर बिष्टले चलाएको रा १ ह ३३५८ नम्बरको अटो रोहवाङबाट सुलिचौरतर्फ जाँदै गर्दा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटना सुनिलस्मृति गाउँपालिका–३ रोहवाङस्थित ग्रामीण कच्ची सडक खण्डको साउनेखोला नजिक भएको हो ।
अटो बाटोदेखि करिब १५० मिटर तल खसेको प्रहरीले जनाएको छ । अटोमा चालकबाहेक अन्य कोही सवार नरहेको प्रहरीले जनाएको छ ।















