२०८२ माघ २५ गते आइतवार

पृथ्वी जयन्तीका अवसरमा दाङमा राष्ट्रिय कविता प्रतियोगिता हुने


दाङ । दाङमा पृथ्वी जयन्तीका अवसरमा राष्ट्रिय कविता प्रतियोगिता हुने भएको छ । राष्ट्र निर्माता पृथ्वीनारायण शाह प्रतिष्ठान दाङले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा पुस २७ गते राष्ट्रिय कविता प्रतियोगिता आयोजना गर्ने भएको हो ।

प्रतियोगितामा सहभागी हुन इच्छुक व्यक्तिहरूले पुस १२ गते सम्म नाम दर्ता गर्न सकिने राष्ट्र निर्माता पृथ्वीनारायण शाह प्रतिष्ठान दाङका अध्यक्ष हरि शाहले जानकारी दिनुभयो ।

प्रतियोगिताको कविता शीर्षक “पृथ्वीनारायण शाह राष्ट्र निर्माता हुन्‌” भन्ने विषयमा ५ सय शब्दभित्र कविता रचना गर्नुपर्ने अध्यक्ष शाहले बताउनुभयो ।

प्रतियोगितामा नेपाल अधिराज्यभरका व्यक्तिहरूले सहभागिता जनाउन सक्नेछन् । प्राप्त रचनामध्ये उत्कृष्ट कविता प्रतिष्ठानद्वारा छनोट गरी वाचन गरिने तथा नामसहित प्रकाशनसमेत गरिने जनाइएको छ ।

रचनामा कविको पूरा नाम, सम्पर्क नम्बर र जिल्ला खुलाउनुपर्नेछ । दाङ जिल्ला तथा नजिकका जिल्लाका कविहरूले स्वयं उपस्थित भई कविता वाचन गर्नुपर्ने नियम राखिएको छ ।

कार्यक्रम तुलसीपुर दाङमा आयोजना हुने छ । प्रतियोगिता राष्ट्र निर्माता पृथ्वीनारायण शाह प्रतिष्ठान दाङको आयोजनामा हुन लागेको हो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस