दाङ । श्री गैराखाली हरियाली सामुदायिक वन उपभोक्ता समुह तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ र ७ को अध्यक्षमा हुम बहादुर भण्डारी सर्वसम्मत चयन हुनुभएको हो । शनिबार भएको अधिवेशनबाट भण्डारीको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसहमत चयन गरिएको हो ।
समुहको महिला उपाध्यक्षमा छमा भण्डारी, खुल्ला उपाध्यक्षमा खगेश्वर भण्डारी चयन हुनुभएको छ । यस्तै सचिवमा सीता खनाल भुषाल, कोषाध्यक्षमा बोमलाल भण्डारी, सहसचिवमा भगवती शर्मा सर्वसम्मत चयन हुनुभएको छ ।
यस्तै सदस्यमा यसोदा पौडेल, पुनाराम भुषाल, लोक बहादुर वली, जीतबहादुर चलाउने, रामलाल वाग्ले, सरीता चौधरी, इन्दिरा दमाई, छमकला भट्टराई र दमा शर्मा चयन हुनुभएको छ ।
















